मनसँग…

आफ्नै मनसँग को बाजीमा
धेरैपटक मनले मलाय जित्यो
धेरैपटक म हारे।

हार्नु नियमको एउटा पक्ष
हार स्विकार्नु नियम भित्रको अनुशासन
आखिर मनले जित्यो त के भो ?
मैले अनुशासन त तोडिन !

तैपनी ‘हार’ को पिडा
कता कता तिक्ष्णरुपमा दुख्दो रहेछ
कतै हारेको भए, त्यो दु:खइले
यो मन पनि रुन्थ्यो होला
आसुँ के हो चिन्थ्यो होला
तर हाम्रो बाजीमा
बिजयमाला सधैं उसकै गलामा छ
त्यसैले त उ प्रफुल्ल छ, द्ङ्ग छ।

कहिलेकाही पश्चातापको आगोले पोल्छ
मैले मन सँग बाजी थाप्नु नहुने
बिबेक शून्य मन पनि
छल्कपटमा निकै अघी हुन्छ रे
उसलाई बहाना चाहिन्छ
हरेक बिबेकलाई उ तर्काइदिन सक्छ
‘बाजी जितनु’ उसको अन्तिम लक्ष
उसलाई जसरी भए पनि जित्नुछ
त्यसैले उ जित्छ
म हार्छु, हार स्विकार गर्छु
केवल ‘हार स्विकार’ गर्छु!

(Bear with some typos due to unicode complexity)
Composed: Dec 1992 by Chiranjibi Kafle. First Published in Kantipur Kosheli sometime in March 1997.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s